न्यूज ब्यूरो, बर्दिवास । जग्गाको नक्सा संशोधन गरिदिने भन्दै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय बर्दिवास, महोत्तरीका सर्वेक्षक शिव कुमार साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै बिगो १ लाख रुपैयाँ कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । आयोगले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गरेको छ।
अख्तियारका अनुसार बर्दिवास नगरपालिका–१ स्थित नापी कार्यालयमा कार्यरत साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी नक्सा संशोधन गरिदिने काममा आलटाल गर्दै सेवाग्राहीलाई दुःख–हैरानी दिएको र त्यसबापत घुस मागेको उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले साहलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अख्तियारले अनुसन्धानका क्रममा साहले जग्गाको अंशबण्डाअनुसार नक्सा ट्रायल चेक गरी त्यसका आधारमा नक्सा संशोधन गरिदिने कार्यमा सेवाग्राहीसँग घुस मागेर १ लाख रुपैयाँ लिएको पुष्टि भएको जनाएको छ ।
यसअघि साहलाई २०८३ भदौ ३० गते नापी कार्यालय बर्दिवास अगाडिको खाजाघरबाट १ लाख रुपैयाँ घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको थियो।
त्यतिबेला प्रकाशित समाचारहरूका अनुसार साहले जग्गा ट्रायलको कामका लागि सेवाग्राहीसँग घुस रकमबारे लामो समयदेखि बार्गेनिङ गरिरहेको सूचनाका आधारमा अख्तियारले निगरानी बढाएको थियो। उनलाई अपराह्न करिब ४ बजे घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको विवरण सार्वजनिक भएको थियो।
लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव
- २०८३ असोज २२ बिहीबार
- न्यूज ब्यूरो, नेपाल
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश
पूरा पढ्नुहोस्


