प्रदेशकै परीक्षा रद्द गर्नु दुर्भाग्य : मन्त्री साह
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशकै परीक्षा रद्द हुनु दुर्भाग्य रहेको बताएका छन् । एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बाहिएकको विषयमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयले छानबिन समिती गठन गर्दै एसईई परीक्षा उपर कडा निगरानीको लागि समेत

२०७५ चैत १५ शुक्रबार, बिहान ६:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेशकै परीक्षा रद्द हुनु दुर्भाग्य रहेको बताएका छन् ।
एसईई परीक्षा अन्तर्गत विज्ञान विषयको प्रश्नपत्र बाहिएकको विषयमा प्रदेश २ का सामाजिक विकास मन्त्रालयले छानबिन समिती गठन गर्दै एसईई परीक्षा उपर कडा निगरानीको लागि समेत समितिले पहन गर्ने भएको छ ।
शिक्षा विकास निर्देशक रामाकान्त शर्माको अध्यक्षतामा छानविन समिति गठन गरिएको हो । समितिको सदस्यमा सामाजिक विकास मन्त्रालयका उपसचिव ठूलोबाबु दाहाल र कानून मन्त्रालयका उपसचिव अरुणकुमार झा छन् । मंत्री साहले विहिवार साँझ पत्रकार सम्मेलन गरी समिति गठन भएको जानकारी गराए ।
मंत्री साहले परिक्षा रद्द गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए । उनले बाँकी विषयका परीक्षा निर्धक्कका साथ दिन परीक्षार्थीलाई अपिल पनि गरेका छन् । यता, परीक्षाको लागि अपिल गरेपनि विहिबार राती नै आज शुक्रबार हुने समाजिक विषयको परीक्षाको प्रश्नपत्र समाजिक संजाल मार्फत बाहिरिएको हो ।
हुनत अहिलेसम्म त्यो प्रश्नको पुष्टि भने भएको छैनन् । प्रश्नपत्र यही प्रदेशको भएको पुष्टि छानबिन तथा अनुगमन समितिले गरेपछि विज्ञान विषयझै समाजिक विषयको परीक्षा पनि रद्द हुने सम्भावना बढेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…