धनौजी गाउँपालिका कांग्रेसको सभापतिमा राकेश कुमार सिंह सर्वसम्मत

२०८३ असोज २२ बिहीबार
बिहान ०८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

धनुषा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनौजी गाउँपालिका कार्यसमितिको सभापतिमा राकेश कुमार सिंह सर्वसम्मत चयन हुनुभएको छ ।

गाउँपालिका अधिवेशनबाट सभापतिसँगै उपसभापतिमा अनिता देवी र मनोज साह तथा सचिवमा रामकृपाल महतो पनि सर्वसम्मत चयन हुनुभएको हो ।

युवा पुस्ताबाट सक्रिय रूपमा राजनीतिमा संलग्न सिंहलाई गाउँपालिका सभापतिको जिम्मेवारी दिइएको हो । सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै धनौजीमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, वडा तहसम्म संगठन विस्तार गर्ने तथा कार्यकर्ताबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

नवनिर्वाचित सभापति सिंहले आफूलाई प्राप्त जिम्मेवारीलाई पदभन्दा बढी विश्वास र जिम्मेवारीका रूपमा लिएको बताउनुभएको छ । उहाँले अग्रजको अनुभव र युवाको ऊर्जालाई साथमा लिएर सबैलाई समेट्दै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुर कपिलेश्वरकी प्रियंका दास मृत्यु प्रकरणः ४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार !

  • २०८३ असोज २२ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६, कपिलेश्वरकी २० वर्षीया प्रियंका दासको शंकास्पद मृत्यु प्रकरणमा परिवार तथा आफन्तले विगतमा भएको भनिएको कुटपिट, चक्कु प्रहार र ज्यान मार्ने धम्कीलगायतका घटनाको निष्पक्ष

पूरा पढ्नुहोस्

Bureau Menus