Regular तर्फ परीक्षा स्थगित, Examted तर्फको परीक्षा हुने !
चरणवद्ध रुपमा प्रश्नपत्र परीक्षा अगावै बाहिरनुमा आशंका व्यक्त गरिएको छ भने यो पूर्वनियोजित र सुनुयोजित तवरले भईरहेको बताइएको छ ।

२०७५ चैत १५ शुक्रबार, बिहान ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एसईई परीक्षाको आज हुने भनिएको समाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि नियमित तर्फको परीक्षा स्थगित गर्ने भएको छ ।
निरन्तर रुपमा प्रश्नपत्र आउट हुन थालेपछि प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साह सहितले विहिबार गठन गरिएको छानबिन समितिले नियमित तर्फ अर्थात नयाँ पाठयक्रम तर्फको समाजिक विषयको परीक्षा स्थागित गर्ने र पुरानो पाठयक्रम अर्थात् एक्जामटेड तर्फको पुरानो परीक्षार्थीको परीक्षा तोकिएकै समयमा हुने निर्णय गर्ने मनस्थिति बनाएको राष्ट्रि परीक्षा बोर्ड मुजेलियाका प्रमुख चुडामनी फुयालले जानकारी दिए ।
फुयालका अनुसार, जिल्ला शिक्षा समन्वय ईकाइका प्रमुख बरखु प्रसाद रजकले जनाए अनुसार अहिले आकस्मिक बैठक डाकिएको हो । नयाँ पाठयक्रम तर्फको परीक्षा स्थगित गर्ने निर्णय गर्ने मनस्थिति बनाइएको छ । पुरानो पाठयक्रमको भने सँचालित हुनेछ ।
उनले भने, नयाँ पाठयक्रमको प्रश्नपत्र आउट भएको छ । पुरानो तर्फको आउट नभएकोले पुरानो पाठयक्रमको परीक्षा तोकिएकै समयमा हुनेछ । यता, प्रश्न पत्र कसरी, कहाँबाट र कसले आउट गरिरहेको बारे कडा रुपमा छानबिन गर्नको लागि अहिले मन्त्री साहले आकस्मि बैठक डाकिएका छन् ।
चरणवद्ध रुपमा प्रश्नपत्र परीक्षा अगावै बाहिरनुमा आशंका व्यक्त गरिएको छ भने यो पूर्वनियोजित र सुनुयोजित तवरले भईरहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…