अन्ततः 'मधेश क्रान्ति फोरम' पनि उपेन्द्र यादवको फोरममै विलय
नविन यादवलाई पार्टीमा प्रवेश गराएपछि जिल्लास्तरीय वा नगरस्तरीय कुन पद दिने भनेर प्रष्ट गरिएको छैन ।

२०७५ पुस २७ शुक्रबार, दिउँसो ४:३७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस । निलम्बीत साँसद एवम् मधेशका चिरपरिचत नेता सँजय साह (टकला) को नामले परिचित भएका नविन यादव अन्तत फोरम पार्टीमा प्रवेश गरेका छन् ।
एक कार्यक्रमको दौरान जनकपुरमा यादवले संघीय समाजावदी फोरम नेपालमा प्रवेश गरेका हुन । कुनै बेला सँजय साह (टकला) को दायाँ हात भनेर चिनिने तथा आफूलाई साहको उत्तराधिकारी भनेर चिनाएका यादव अन्तोअन्तसम्म फोरममा विलिन भएका हुन् ।
मधेश क्रान्ती फोरमका तत्कालिन सँयोजक समेत रहेका यादवलाई प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । यता, नविन यादवलाई पार्टीमा प्रवेश गराएपछि जिल्लास्तरीय वा नगरस्तरीय कुन पद दिने भनेर प्रष्ट गरिएको छैन ।
यसअघि यादवले मधेश क्रान्ती फोरम संघीय समाजवादी फोरम नेपालमा कुनै पनि हालतमा विलय नहुने बताएका थिए ।
फोरमको महाधिबेशनको पूर्वसन्ध्यामा यादवले पार्टी प्रवेश गरेका छन् । स्थानीय निकायको चुनावमा उनले राजपालाई सघाएका थिए भने प्रतिनीधि सभाको चुनावमा नेपाली काँग्रेसलाई सघाएका थिए । तत्कालै उनले कत्तै स्थान नपाएपछि कन्टरेभर्सी तरिकाले फोरममा प्रवेश गर्दै आजदेखि विधिवत रुपमा फोरमको कार्यकर्ता भएका छन् ।
यसअघि यादवले मधेश क्रान्ती फोरम संघीय समाजवादी फोरम नेपालमा कुनै पनि हालतमा विलय नहुने बताएका थिए ।
नविन यादव सम्बन्धी अन्य समाचार पढनुहोस् ।
पार्टी परिवर्तनको तरखरमा सँजय साहका दाहिने हात "नविन यादव"
प्रदर्शनको क्रममा नेता "नविन यादव" सहित दर्जनबढी प्रदर्शनकारी पक्राउ , जनकपुर तनावग्रस्त !
'मधेश क्रान्ती फोरम' संघीय समाजवादीमा विलय हुँदैन : नविन यादव
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…