जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवती प्रसाद पौडेलले सम्हाले कार्यभार
एक कार्यक्रमबीच अधिृकत पौडेललाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीहरुले स्वागत गरेका हुन् ।
२०८३ असोज २६ सोमबार, बेलुकी ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेवती प्रसाद पौडेल हाजिर भएका छन् ।
यसअघि धनुषाकै बटेश्वर गाउँपालिकामा कार्यरत रहेका पौडेल जनकनन्दिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
एक कार्यक्रमबीच अधिृकत पौडेललाई गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगलसहित विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीहरुले स्वागत गरेका हुन् ।
उनको आगमनसँगै गाउँपालिकाको प्रशासनिक कामकाज थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
यसअघि अधिकृत सँतोष कुमार शर्मालाई मन्त्रालयले सरुवा गरेपछि पौडेलको जिम्मेवारी तोकिएको हो । बटेश्वरमा हुँदा सुशासन कायमको लागि पौडेल चिनिन्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Anuja Das
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…