बागमती सेवा समाज नेपाललाई नयाँ दिल्लीमा ग्लोबल सस्टेनेबिलिटी अवार्ड
संस्थाले यस सम्मानलाई आफ्नो टोली, स्वयंसेवक, साझेदार तथा नेपालभर कार्यरत समुदायको सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको जनाएको छ ।

२०८३ असोज २६ सोमबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बागमती सेवा समाज नेपाल (बीएसडब्लुएसएन) ले भारतको नयाँ दिल्लीमा ग्लोबल सस्टेनेबिलिटी अवार्ड (Global Sustainability Award) प्राप्त गरेको छ ।
दिगोपनको क्षेत्रमा संस्थाले गरेको योगदान र प्रभावकारी पहलको कदरस्वरूप उक्त पुरस्कार प्रदान गरिएको हो । संस्थाका कार्यकारी निर्देशक रामकृष्ण रायले बागमती सेवा समाज नेपालको प्रतिनिधित्व गर्दै पुरस्कार ग्रहण गरेका हुन् ।
संस्थाले यस सम्मानलाई आफ्नो टोली, स्वयंसेवक, साझेदार तथा नेपालभर कार्यरत समुदायको सामूहिक प्रयासको उपलब्धिका रूपमा लिएको जनाएको छ ।
यस उपलब्धिले दिगो विकास र समुदायको हितका लागि आगामी दिनमा गरिने कार्यमा थप प्रेरणा मिल्ने विश्वास संस्थाले व्यक्त गरेको छ । कार्यकारी निर्देशक रायले पनि समुदायको आवश्यकता र दिगो विकासलाई प्राथमिकतामा राख्दै संस्थाका कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…