गाउँ शहरमा चर्को आवाजमा भटटटट सेलेन्सर बजाउने २४ वटा मोटरसाइकल धनुषा प्रहरीको नियन्त्रणमा
नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ज १० प ५६४६, ज ५ प ८६०४, ज १२ प ३१०६, ज ११ प ६५८९, ज ११ प २१४२ र ज ७ प ४०२३ नम्बरका मोटरसाइकल छन् ।

२०८३ असोज २६ सोमबार, राति ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधामका विभिन्न स्थानबाट ध्वनि प्रदूषण गर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन अभियानका क्रममा असोज २५ गते ती मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो आवाज निकाल्ने गरी मोडिफाइ गरिएका मोटरसाइकल चलाउने, तीव्र गतिमा जथाभावी तथा जिगज्याग गरी सवारी चलाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि निगरानी गर्ने क्रममा मोटरसाइकल नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ज १० प ५६४६, ज ५ प ८६०४, ज १२ प ३१०६, ज ११ प ६५८९, ज ११ प २१४२ र ज ७ प ४०२३ नम्बरका मोटरसाइकल छन् ।
त्यस्तै, मधेस प्रदेश ०२-००६ प ९६२४, मधेस प्रदेश ०२-००२ प ९०८४, मधेस प्रदेश ०२-००२ प ४०४६, मधेस प्रदेश ०२-००१० प ८४९२, मधेस प्रदेश ०२-००७ प ६७२९, मधेस प्रदेश ०२-००८ प ३७४६, मधेस प्रदेश ०२-००६ प ५१८६ र मधेस प्रदेश ०२-००३ प ३९४७ नम्बरका मोटरसाइकल पनि नियन्त्रणमा लिइएका छन् ।
यसैगरी, प्रदेश २-०२-००२ प ९०९८, प्रदेश २-०२-०१८ प ३१५८, प्रदेश २-०३७ प ६८९८, प्रदेश २-०२-००३ प ०७८६, प्रदेश ०१-०१८ प ४५८६, प्रदेश २-०१० प ८०६६ र लुम्बिनी प्रदेश ०४-००८ प ४६९५ नम्बरका मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नम्बर प्लेट नभएको एउटा र परीक्षण नम्बर लेखिएको दुईवटा मोटरसाइकल पनि सूचीमा उल्लेख छन् ।
प्रहरीले सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गरी सवारी चलाउन आग्रह गरेको छ । साथै, दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सबैलाई जिम्मेवार भएर सवारी चलाउन अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…