'मधेश क्रान्ती फोरम' संघीय समाजवादीमा विलय हुँदैन : नविन यादव

यही संगठनबाट अधिकार प्राप्तीको लडाई लडने

२०७५ पौष १ आइतबार
दिउसो १२:३४ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । मधेश क्रान्ती फोरमका सँयोजक नविन यादवले आफ्नो पार्टी कुनै अन्य राजनीतिक दलमा विलय नहुने बताएका छन् । 


संयोजक यादवले संघीय समाजबादी फोरमका केन्द्रिय अध्यक्ष तथा उपप्रधान एवम स्वास्थ्यमन्त्री उपेन्द्र यादवसंग भेटघाट गरे सँगै उनको पार्टी परिर्वतनको हल्ला चलेको थियो । सँयोजक यादवले पार्टी प्रवेश बारे कुनै प्रकारको मानसिकता नभएको बताएका छन् । 

 

चर्चित एवम् निवर्तमान सद्भावना पार्टीका निलम्बीत सभासद सँजय साह (टकला) सँग बस्दै आईरहेका तथा साहको दाहिने हात भनेर चिनाएका यादवले प्रतिनीधिसभा चुनावमा नेपाली काँग्रेसको तर्फबाट विमलेन्द्र नीधिलाई सहयोग गरेका थिए भने स्थानीय तहको चुनावमा जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहलाई मेयर पदको लागि भोट मागेका थिए । 

 

केही अघि मात्र संघीय सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादव सँग आफू भेट गर्न गएको बताउँदै आफू उहाँसँग पार्टी प्रवेशको भन्दा पनि समग्र मधेशको विषयमा गरेको दाबी गरेका छन् । विभिन्न सँचारमाध्यमहरुमा नविन यादव फोरममा प्रवेश गरेको हल्ला चलेपनि त्यसलाई निराधार बताएका छन् । 


तेस्रो मधेश आन्दोलनको क्रममा प्रहरीको कुटाईबाट गम्भिर घाईते भएका यादव मधेशी जनताकै लागि लडिरहेको भन्दै एकाएक चर्चामा आएका युवा नेताको रुपमा चिनिन्छ । उनले मधेश क्रान्ती फोरमलाई जीवन्त राख्दै यही संगठनबाट अधिकार प्राप्तीको लडाई लडने बताए । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७५ पौष १ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus