टिकटक, फेसबुकप्रति कडा बन्दै धनुषा प्रहरीः टिकटकमा आपत्तिजनक भिडियो बनाएका जनकपुरका पासवान पक्राउ
जिल्ला प्रहरी कार्यालय धनृुषाले उनलाई पनि उनको घरबाटै उठाएको हो । आज बिहानै फेसबुकमा खुकुरीसहितको भिडियो राखेका सुमन पटेललाई पक्राउ गरेको थियो ।

२०८३ असोज २६ सोमबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषा अहिले समाजिक सँजालको निगरानी बढाउन थालेका छन् । समाजिक सँजालकै कारण जनकपुरमा हत्या भएपछि धनुषा प्रहरी समाजिक सँजालमा निगरानी बढाउन सुरु गरेको छ ।
सोही क्रममा टिकटकमा आपत्तिजनक भिडियो बनाएको भन्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ का काले भन्ने पशुपति पासवानलाई पक्राउ गरिएको छ । उनले टिकटकमा आपत्तिजनक भिडियो हालेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय धनृुषाले उनलाई पनि उनको घरबाटै उठाएको हो । आज बिहानै फेसबुकमा खुकुरीसहितको भिडियो राखेका सुमन पटेललाई पक्राउ गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…