पत्रकारलाई अपशब्द प्रयोग गरेको समाचारपछि मन्त्री साहले 'शब्द' लिए फिर्ता
जनकपुरधाम, १६ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साह सुडीले पत्रकारहरु उपर गरेको नाकारात्मक टिप्पणी र अपशब्द प्रयोगप्रति साँकेतिक क्षमा याचना गरेका छन् । मन्त्री साहको निजी सचिवालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीमा शनिबार एक कार्यक्रमको दौरान मन्त्री साहले पत्रकारहरु

२०७५ पुस १६ सोमबार, राति ८:२६ बजे२ मिनेट पढाइ

जनकपुरधाम, १६ पुस । प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल किशोर साह सुडीले पत्रकारहरु उपर गरेको नाकारात्मक टिप्पणी र अपशब्द प्रयोगप्रति साँकेतिक क्षमा याचना गरेका छन् ।
मन्त्री साहको निजी सचिवालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीमा शनिबार एक कार्यक्रमको दौरान मन्त्री साहले पत्रकारहरु झुठमुठ लेखेको भन्दै त्यस्ता पत्रकारलाई जुत्ताले हान्ने जस्ता वाक्य प्रयोग गरेपछि सँचारमाध्यममा समाचार प्रकाशन प्रकाशित भएपछि आफ्नो शब्द फिर्ता लिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ,- 'प्रदेश सभामुख तथा मन्त्रीहरुले प्रदेश राजधानी जनकपुरधाममा आफ्नो घर हुँदाहुँदै पनि सचिवालयबाट घरभाडा वापत पैसा लिने गरेको समाचार केही सँचारमाध्यममा आएपछि मेरो गम्भिर ध्यानाकर्षण भएको छ । सोही विषयको क्रममा मैले प्रदेश नं. २ को प्रदेश सभाका सभामुख माननीय सरोज यादवले जनकपुरमा आफ्नो घर हुँदाहुँदै पनि घर भाडा लिएको समाचारको बारेमा चर्चा चलिरहेको सुने ।
सोही क्रममा माननीय सभामुख माथि आरोप लगाउँदा मैले विरोध गरेको र सभामुख ज्यूको घर जनकपुरमा समेत नभएकोले उहाँको चरित्र हत्या हुने खालको समाचार लेख्न वा सम्प्रेषण गर्न नहुने र यदि गलत समाचार लेखेर कसैको राजनीतिक हत्या हुने खालका समाचार लेख्ने पत्रकारलाई मैले अपशब्द प्रयोग गर्दा सँचारकर्मी मित्रहरु तथा सँचार माध्यमहरु को मर्यादामा ठेस पुग्न गएकोमा म आफ्नो शब्द जस्ताको त्यस्तै फिर्ता लिन्छु ।'
यो थियो समाचार : राजपाका यी मन्त्री पत्रकारलाई 'जुत्ता' हान्ने !
मन्त्री साहले आफ्नो मनसाय कुनै सँचारकर्मी तथा सँचार माध्यमको भावनामा ठेस पुरयाउनु नरहेको स्पष्टोक्ति दिँदै चरित्र हत्या गर्ने खालको समाचार प्रकाशित प्रकाशन नगर्न आग्रह गरेका छन् ।
मन्त्री साहको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उनले शब्द फिर्ताको चर्चा मात्र गरेको तथा क्षमा याचनाको कत्तै पनि चर्चा नगरेको भन्दै पत्रकारहरुले असन्तुष्टि जनाउँदै समाजिक सञ्जालमै उनको राजीनामासम्मको माग गरेका छन् ।
राष्ट्रकै चौथो अंगको रुपमा रहेको पत्रकारलाई गाली गर्दा वा अपमान गर्दा शब्द कहिले पनि फिर्ता नहुने भएकोले क्षमायाचना नगरे आन्दोलन समेत गर्ने चेतावनी दिएका छन् ।
समाजिक सञ्जालमै सँचारकर्मीहरुले मन्त्री साह उपर घमण्ड र अवौद्यिकताको संज्ञा दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…