राजपाका यी मन्त्री पत्रकारलाई 'जुत्ता' हान्ने !
झुठमुठको कुरा लेख्छन्, नबुझिकन गलत लेख्ने त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ भनि प्रतिकृया

२०७५ पुस १६ सोमबार, दिउँसो १२:०६ बजे२ मिनेट पढाइ

सप्तरी, १६ पुस । समाजिक विकास मन्त्री एव राष्ट्रिय जनता पार्टी (नेपाल) का उपाध्यक्ष नवलकिशोर साहले पत्रकारलाई अपमान गर्दै जुत्ताले हान्ने चेतावनी दिएका छन् ।
एक अनौपचारिक भेटघाटमा सप्तरीका केही पत्रकारले जनकपुरमा घर भएका सांसदहरुले पनि घरभाडा वापतको सुविधा लिएको विषयमा प्रश्न गर्दा मन्त्री साहले ‘पत्रकारहरु झुठमुठको कुरा लेख्छन्, नबुझिकन गलत लेख्ने त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ भनि प्रतिकृया दिएको नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिए ।
पुस १४ गते हलुवाई समाज नेपालको जिल्ला अधिवेशन सप्तरीको रम्पुरा गाउँमा आयोजना गरिएको कार्यक्रमको समाचार संकलन गर्न समाजका केन्द्रिय अध्यक्ष शिवनारायण साहको आग्रहमा पत्रकारहरु बैद्यनाथ यादव, शुभचन्द्र झा, चन्दन यादव, विद्यानन्द राम, रामनाथ यादव र श्यामसुन्दर यादव समाचार संकलन गर्न त्यहाँ पुगेका थिए ।
कार्यक्रमपछि मन्त्री साहसहित पत्रकारहरु समेत एकजना स्थानीयको घरमा खाना खान गएका थिए । मन्त्री साह बसेको टेबुलमा पत्रकार वैद्यनाथ, शुभचन्द्र, हनुमाननगर कंकालिनी नगरपालिकाकी उप–मेयर सरिता यादव र श्यामसुन्दर यादव विराजमान थिए ।
अर्को टेबुलमा पत्रकार विद्यानन्द, रामनाथ, अनिल सहितका व्यक्तिहरु बसेका थिए । खाना खाने क्रममा पत्रकार शुभचन्द्रले जनकपुरमा घर भएका सांसदहरुले पनि घरभाडा वापतको सुविधा लिएको भनि जिज्ञासा राखेको थियो ।
पत्रकारको कुरा पुरा नहुँदै मन्त्री साहले मन्त्री साहले ‘पत्रकारहरु झुठमुठको कुरा लेख्छन्, नबुझिकन गलत लेख्ने त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ भनि प्रतिकृया दिएका थिए ।
त्यस्तो प्रतिकृया दिएपछि महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले मन्त्री साहलाई भन्नुभयो, ‘‘मन्त्रीज्यू, कृप्या शालिन शब्द प्रयोग गर्नुस्, सबै पत्रकार त्यस्ता हुँदैन ।’ अनि मन्त्री साहले आफू आम पत्रकारलाई त्यस्तो नभनेको जवाफ दिएका थिए । अरु पत्रकारहरुले तत्कालै कुनै प्रतिकृया देखाउनु भएन । बरु त्यो दिन मन्त्री साहको कार्यक्रम बहिष्कार गरे ।
मन्त्रीको वाणीले आफैले आफैलाई प्रश्न गरिरहें ‘हामी पत्रकार गलत छौं कि मन्त्रीज्यू ? हामी कहाँ छौं ? कुन धरातलमा छौं ? प्रदेशका जिम्मेवार मन्त्रीले यस्तो गैरजिम्मेवार रुपमा बोल्न मिल्छ या मिल्दैन ? कि मन्त्रीलाई छाडा बोल्न छुट छ ? भनि पत्रकार श्यामसुन्दर यादवले प्रश्न गरेका छन् । यस्ता पत्रकारलाई ठेगान लगाउनुपर्ने पनि धारणा राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…