राराब क्याम्पस प्रमुख लाललाई कालोमोसो, कलेजको अवस्था तनावग्रस्त !
कलेजको अवस्था तनावग्रस्त भएको छ ।

२०७५ पुस १ आइतबार, दिउँसो ३:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नियमित पठनपाठनको माग गर्दै पटक पटक ध्यानाकर्षण गराएपनि चासो नलिएको भन्दै राराब क्याम्पस जनकपुरका प्रमुखलाई कालोमोसो दलिएको छ ।
राजपा निकटको विद्यार्थी सगठन राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख डा. विजय कुमार लाललाई कालोसो दलेका हुन् । विभिन्न १९ बुंदे माग राख्दै पटक पटक ध्यानाकर्षण गराएपनि प्रमुख लालले कुनै प्रकारको चासो नलिएको भन्दै बाध्य भएर कालोमोसो दलेको बताइएको छ ।
क्याम्पस प्रमुख लाललाई राष्ट्यि विद्यार्थी संघसँग आवद्ध विद्यार्थी नेताहरुले उनको कार्यकक्षमै कालोमोसो दल्नुको साथै उनलाई करिब डेढ घण्टासम्म कार्यकक्षमै थुनेका थिए । विद्यार्थीहरुले कालोमोसो दलेपछि नारावाजी समेत गरेका थिए भने केही बेरमै प्रहरीको टोेली आएर स्थिति नियन्त्रणमा लिन प्रयास गरेपछि अहिले कलेजको अवस्था तनावग्रस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरीको टोली र विद्यार्थीहरुबीच झडपको माहौल सिर्जना भएको राष्ट्रिय विद्यार्थी संघ राराब ईकाई कमिटिका अध्यक्ष दिनेश यादवले बताए ।
क्याम्पसमा नियमित पठन पाठन हुनुपर्ने, दक्ष प्रोफेसरको व्यवस्था हुनुपर्ने , कक्षाकोठामा विजुलीबत्ती तथा झ्यालढोकाको व्यवस्था हुनुपर्ने , शौचालय व्यवस्थित हुनुपर्ने, क्याम्पस पूर्णत प्रणाालीमा आउनुपर्ने, साईकल स्टैण्डको व्यवस्था हुनुपर्ने, ल्याबहरुमा कर्मचारीको व्यवस्था हुनुपर्ने, प्रयोगात्मक कक्षाहरुमा डिजिटलाईजेशन हुनपर्ने लगायतका १९ बुंदे माग राखी ज्ञापन पत्र बुझाउँदै आएका थिए ।
क्याम्पस प्रमुख लालको कारण सयौँँ विद्यार्थीहरुको भविष्य डगमडोल भएको तथा आफूहरुको आन्दोलन र मागप्रति उत्सुकता नदेखाएको भन्दै प्रमुख लाललाई कालोमोसो दलेको संघका केन्द्रीय महासचिव रञ्जित निष्पक्षले न्यूज ब्यूरोसँग भने ।
यस सम्बन्धी पहिलो समाचार
राराब क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
अफिसमै थुनिए राराब कलेज प्रमुख 'लाल'
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…