अफिसमै थुनिए राराब कलेज प्रमुख 'लाल' 

राजनीतिक हावी भएकैले पनि राराबको अस्तित्व अन्तिम क्षणमा

२०७५ मङ्सिर १७ सोमबार
दिउसो ४:१३ बजे
न्यूज ब्यूरो, डेस्क

 

न्यूज ब्यूरो, जनकपुरधाम । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनकपुरधामको राम स्वरुप राम सागर बहुमुखी क्याम्पस (राराब) का प्रमुख आफ्नै अफिसमा थुनिएका छन् ।

 

विगत कैयौँ वर्षदेखि राराब क्याम्पसको पठनपाठनको अवस्था दयनीय बन्दै गएको भन्दै विद्यार्थी नेताहरुले पठनपाठन नियमित गर्नको लागि ध्यानाकर्षण गराएपनि चासो नलिएको भन्दै क्याम्पस चिफ विजय कुमार लाललाई उनकै कार्यकक्षमा विद्यार्थीहरुले थुनेका हुन् ।

 

प्रशासकीय कमजोरीका कारण क्याम्पस धराशयी बन्दै गएको आरोप नेवि संघले आरोप लगाएको छ । क्याम्पसको शैक्षिक अवस्था सुधार गर्न, नियमित कक्षा सञ्चालनको व्यवस्था मिलाउनलगायतका माग राख्दै चार महिनाअघि ज्ञापनपत्र बुझाए पनि प्रमुख लालले चासो नदेखाएपछि बाध्य भएर कार्यकक्षमा थुन्नुपरेको नेविसंघ धनुषाका सभापति सुजित मिश्रले बताए।

 

क्याम्पसमा नियमित पठनपाठन नहुँदा विद्यार्थीहरुको भविष्य अन्योलमा परे पनि समस्या सामाधान गर्न प्रमुखले गम्भीरता देखाउन नसकेको विद्यार्थीको आरोप छ ।  

 

प्राध्यापकहरु क्याम्पस नआउने, सम्बन्धित विषयका प्राध्यापकहरूको अभाव र कार्यरत अधिकांश प्राध्यापक निजी शैक्षिक संस्थामा व्यस्त रहेपनि क्याम्पस प्रशासनले सामाधान निकाल्न नसकेको विद्यार्थी बताउँछन् ।

 

क्याम्पस नियमित रुपमा सञ्चालनमा रहे पनि क्याम्पस प्रमुख लालले पठनपाठन व्यवस्थित गर्नतर्फ ध्यान नदिएको नेविसंघ आबद्ध विद्यार्थीहरुको आरोप छ ।

 

विगत केही वर्षअघिसम्म हजारौंको संख्यामा विद्यार्थी अध्ययन गर्ने गरेको राराब क्याम्पसमा शैक्षिक गुणस्तर खस्किदै गएपछि विद्यार्थीको संख्या पातलिँदै गएको छ।

 

विद्यार्थीको राजनीति तथा देशको राजनीतिक अवस्था समेत अस्थिर रहेको कारण कुनै बेला देशमै चर्चित रहेको राराब क्याम्पसको प्रतिष्ठा नै दयनीय बनेको छ । 


राजनीतिक दलका भातृ संगठनहरु क्याम्पसमा विद्यार्थीसँग सहित प्रणालीसँग समेत राजनीतिकरण गरेपछि कलेजको अवस्था ध्वस्त भएको हो । 

विद्यार्थी नेताहरुले मौसमी विरोध र निजी स्वार्थसहित चालेका कदमहरुको कारण पनि कलेजको अवस्था विग्रिएको देखिएको छ भने कलेजमा पूर्ण राजनीतिक हावी भएकैले पनि राराबको अस्तित्व अन्तिम क्षणमा साँस लिदै छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७५ मङ्सिर १७ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }