राराब क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

राराबको पूर्व प्रतिष्ठा भने कोषौँ टाढा गएको देखिन्छ ।

२०७५ मङ्सिर ३ सोमबार
रति ८:०० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखि (राराब) क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ । 

 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत सँचालित राराब क्याम्पसमा कैयौँ हप्तादेखि नियमित पठनपाठन नभईरहेको भन्दै क्याम्पसका विद्यार्थीहरुले नियमित पठनपाठनको माग गर्दै प्रमुखकै कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।


चाडपर्वपछि क्याम्पस सञ्चालन भएपनि क्याम्पसमा प्राध्यापक नआउने, विद्यार्थी आएर त्यत्तिकै फर्कनुपर्ने समस्या यथावत रहेको भन्दै आक्रोसित विद्यार्थीहरुले क्याम्पस चिफको कार्यालयमा तालाबन्दी गरेर विरोध जनाएका हुन् ।


आफूहरुले क्याम्पसमा नियमित पठनपाठन गर्न पाउनुपर्ने नभए लिएको पैसा क्याम्पसले फिर्ता गर्दै आफूहरुलाई अन्यन्त्रै पढ्न पाउनुपर्ने व्यवस्था गरिदिनुपर्ने विद्यार्थीको माग छ । 


यता,क्यामपसका सहायक प्रमुख रामनरेश ठाकुरले सम्बन्धित बिषयको शिक्षक नभएकाले कक्षा सञ्चालन गर्न कठिनाई भएको बताएका छन । नियमित क्याम्पस खुलेको भएपनि पठनपाठन नहुँदासम्म पनि क्याम्पस प्रमुख विजय लाल कायस्थ कानमा तेल हालेर मौन बसेका छन् । क्याम्पसमा पठनपाठन नियमित गर्न क्याम्पस प्रशासनले कुनै पहल नगरेको विद्यार्थीहरुको आरोप छ ।


राजनीतिक प्रभावले ग्रसित राराब क्याम्पसमा प्रतिकुल राजनीतिकै असरले सयौँ विद्यार्थी पलायन हुन बाध्य भएको देखिएको छ । राजनीतिक दबाब र प्रभावमा सँचालन हुँदै आएको राराबको पूर्व प्रतिष्ठा भने कोषौँ टाढा गएको देखिन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सलमान खानको घर अगाडी फायरिँग, गोली चलाउनेको तस्विर सार्वजनिक

  • २०७५ मङ्सिर ३ सोमबार

न्यूज ब्यूरो, भारत ।  सिने जगतका चर्चित अभिनेता सलमान खानको घर अगाडी गोली फायरिँग गर्नेको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।  आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि

पूरा पढ्नुहोस्

Bureau Menus