फागुनमै स्थानीय तह निर्वाचन गर्ने तयारीमा आयोग, माघमा अन्तिम मतदाता नामावली
निर्वाचनको मिति भने सरकारले घोषणा गर्नुपर्नेछ । आयोगले आवश्यक तयारी अघि बढाए पनि अन्तिम निर्वाचन मिति घोषणा भएपछि मात्रै निर्वाचन कार्यक्रम औपचारिक रूपमा लागू हुनेछ ।
२०८३ असोज ३ शनिबार, बिहान ८:२९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुनमै स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्थालाई आधार बनाएर फागुन अन्तिम सातामा निर्वाचन गर्ने तयारी थालेको हो ।
निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले आफ्नो तयारी अघि बढाइरहेको बताएका छन् । उनका अनुसार अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको छ ।
‘नियमसंगतले फागुनमा निर्वाचन गर्नुपर्छ । आयोगले आफ्नो काम सबै गरिरहेको छ । सरकारलाई भन्न मात्रै बाँकी छ,’ आयुक्त सुब्बाले भनेका छन् ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…