जनकपुरः खेतमा रोपेको वृक्ष लगातार कटानी गरी चोरी, प्रहरी भन्छन–'चोर समात्ने हाम्रो काम होईन !'
उनले लक्ष्मिीनियाँका एक प्रहरी अधिकारीले 'तपाईको रुखको सुरक्षा दिने हाम्रो काम नरहेको' जस्ता कुरा भनेको गुनासो पोखे । शिक्षक झाले सरसमान चोरी हुँदा प्रहरीको जिम्मेवारी नभए कहाँ जानु ? भनेर प्रश्न तेर्साए ।

२०८३ मंसिर ६ आइतबार, बेलुकी ७:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक शिक्षकले खेतमा लगाएको वृक्षहरु लगातार कटानी गरी चोरी भएपछि प्रहरीमा पुगेका छन् ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ७ कुम्हरौडा निवासी स्थानीय धीरेन्द्र झाले आफ्नो खेतमा लगाएको विभिन्न प्रजातीका वृक्षहरु चोरी कटानी गरी लगेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् ।
उनले यसअघि समेत पटक पटक उनको खेतमा लगाइएको वृक्ष कटानी गरी चोरी भएको भन्दै प्रहरीलाई मौखिक जानकारी गराउँदै आएका थिए । प्रहरीले नसुनेपछि उनले अधिकारिक रुपमा धनुषा प्रहरीमा निवेदन दर्ता गराए ।
गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गरी ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरीचौकी लक्ष्मीनीयाँसँग सहकार्य गरेपनि उनको समस्या भने समाधान नगरिदिएको गुनासो शिक्षक झाको छ ।
पूर्व प्राधानाध्यापक समेत रहेका शिक्षक झाले खेतमा बर्षौदेखि लगाएको भिक्ससहित अन्य जातका वृक्षहरु कटानी गरी लगेको बताएका छन् । उनले आफू मान्छेलाई चिनेपनि बिना सबुत प्रमाणको केही भन्न सक्ने अवस्था नरहेकोले प्रहरी गुहारेको बताए । उनले पटक पटक प्रहरीलाई जानकारी गराएपनि चासो नदेखाउँदा निवेदन दर्ता गराएको सुनाए ।
उनले भने,–“गाउँकै केही जना वृक्ष कटानी गरेको छ । मेरो खेतबाट काटेर अर्को खेतमा सारेर दाउरा बनाउँछन् । अहिले पनि आधा आधा रुख काटेर लगेको सबुत छ । प्रहरी पनि स्पोटमा पुग्यो तर केही गरिदिएको छैन् । कमसेकम अनुसन्धान गरी चोर थाहा लगाएर कानुनी कारवाही गरिदिए सहज हुन्थ्यो ।”
वृक्ष चोरी कटानी सम्बन्धी अन्य सबुत प्रमाणहरु प्रहरीलाई दिएको दाबी गर्दै प्रहरीले स्थानीय जनप्रतिनीधिको दबाबमा परेको आरोप लगाए । जनप्रतिनीधिको दबाबको कारण चिनेको चोरलाई कारवाही गर्न सक्ने अवस्था नरहेको बताए ।
उनले लक्ष्मिीनियाँका एक प्रहरी अधिकारीले 'तपाईको रुखको सुरक्षा दिने हाम्रो काम नरहेको' जस्ता कुरा भनेको गुनासो पोखे । शिक्षक झाले सरसमान चोरी हुँदा प्रहरीको जिम्मेवारी नभए कहाँ जानु ? भनेर प्रश्न तेर्साए ।
यस सन्दर्भमा लक्ष्मिीनियाँ प्रहरीचौकीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…