कार्तिक पूर्णिमा देवता मेलामा अरुण यादवको अगुवाईमा युवाहरूद्वारा निःशुल्क भोजन सेवा
'सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो' भन्ने सन्देशसहित युवाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०८३ मंसिर ८ मंगलबार, बिहान ९:०३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–१, बेमर्खिस्थित रामघाटमा पूर्णिमा देव मेलाको अवसरमा निःशुल्क भोजन सेवा कार्यक्रम सम्पन्न भएको छ ।
युवा संयोजक अरुण कुमार यादवको पहल तथा स्थानीय युवाहरूको सक्रिय सहयोगमा आयोजित उक्त कार्यक्रममा साधु–सन्त, श्रद्धालु तथा स्थानीयवासीलाई निःशुल्क भोजन सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा युवाहरूले सामाजिक सेवा, मानवता, एकता र आपसी सहयोगको भावना प्रस्तुत गरेका थिए । धार्मिक तथा सांस्कृतिक मेलाको अवसरमा गरिएको यस सेवामूलक कार्यले समाजमा सद्भाव र सहकार्यको सन्देश दिएको आयोजक पक्षले जनाएको छ ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण युवा साथीहरू, साधु–सन्त, स्थानीयवासी तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सहयोगीहरूप्रति संयोजक यादवले आभार व्यक्त गरेका छन् ।
'सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो' भन्ने सन्देशसहित युवाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…