न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव का जेठा ज्वाइँ दीपक यादव नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रौतहटको गरुडा नगरपालिका निवासी ३६ वर्षीय यादवले चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनस्थल पुगेर पार्टी सदस्यता लिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सदस्यता सार्वजनिक गर्दै रास्वपामा आबद्ध भएको जानकारी दिएका छन्।
लामो समयदेखि नेपाली कांग्रेससँग आबद्ध रहेका यादवले पार्टीभित्रको आन्तरिक गुटबन्दी, नेतृत्व तहबाट अवसर नपाएको अनुभूति तथा राजनीतिक रूपमा अगाडि बढ्न अनुकूल वातावरण नबनेका कारण कांग्रेस छाड्ने निर्णय गरेको बताएका छन्।
यादवको परिवार कांग्रेस राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएको छ। उनका हजुरबुबा हृदयनारायण यादवले रौतहट क्षेत्र नम्बर ३ बाट पटक–पटक निर्वाचन प्रतिस्पर्धा गरेका थिए भने उनका बुवा रामनारायण यादवले २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए। यद्यपि उनी निर्वाचित हुन सकेका थिएनन्।
दीपक यादव स्वयं पनि यसअघि निर्वाचन राजनीतिमा सक्रिय रहिसकेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाट गरुडा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए।
मुख्यमन्त्री परिवारसँग प्रत्यक्ष नाता जोडिएका एक युवा राजनीतिक व्यक्तित्वको रास्वपामा प्रवेशलाई मधेशको राजनीतिमा चासोका साथ हेरिएको छ। कांग्रेसको परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका यादवको दल परिवर्तनले रौतहटसहित मधेश प्रदेशको राजनीतिक समीकरणमा फराकिलो दृष्टिले हेरिएको छ ।
'१०० टकिया' नियम प्रति असन्तुष्टि, प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र
- २०८३ असार ९ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल–भारतबीचको परम्परागत “बेटी–रोटी” सम्बन्धमा असर परेको भन्दै जनकपुरका एक सँचार उद्यमी एवम् व्यवसायीले प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्। उनले एक सचेत र स्वतन्त्र आम
पूरा पढ्नुहोस्


