१२ वर्षदेखि मुद्दा टुंगिएन भन्दै 'संजय टकला' का समर्थक सडकमा, बुधबार जनकपुरमा प्रदर्शन गर्ने घोषणा
प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरेका छन् ।

२०८३ मंसिर ६ आइतबार, बेलुकी ५:५७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वराज्यमन्त्री एवं पूर्वसभासद् संजयकुमार साह (टकला) को मुद्दा १२ वर्षभन्दा बढी समय बितिसक्दा पनि किनारा नलागेको भन्दै उनका समर्थकहरूले जनकपुरधाममा प्रदर्शन गर्ने भएका छन् ।
मुद्दाको सुनुवाइ तथा किनारा लगाउने प्रक्रियामा ढिलाइ भएको भन्दै समर्थकहरूले न्यायिक प्रक्रियालाई गति दिन दबाब सिर्जना गर्ने उद्देश्यले बुधबार प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय गरेका छन् ।
समर्थकहरूले लामो समयसम्म मुद्दा विचाराधीन रहनु कानुनी व्यवस्थाको मर्मविपरीत भएको दाबी गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताएका छन् ।
टकलाको मुद्दा अदालतमा विचाराधीन रहेको छ । उनलाई सँचारउद्यमी अरुण सिँघानीया हत्या काण्ड र जनकपुर बम विस्फोटमा दोषी साबित गरी दोहोरो जन्मकैदको सजाय सुनाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…