उत्तरवाहिनी कमलामा कमला बचाउ अभियानको आठौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
महाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।

२०८३ मंसिर ८ मंगलबार, राति ८:४४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको उत्तरवाहिनी कमला नदीमा कमला बचाउ अभियानको आठौँ वार्षिकोत्सव विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा महाकमला आरती, दीप प्रज्ज्वलन तथा विशेष धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । कार्यक्रममा साधुसन्त, धार्मिक अगुवा तथा स्थानीय श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कमला पुत्रको उपाधि पाएका कमला बचाउ अभियानका संयोजक विक्रम यादवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नदीको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वबारे चर्चा गरिएको थियो ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि वार्षिकोत्सवलाई भव्यताका साथ मनाइएको अभियानले जनाएको छ । कमला नदीको संरक्षण, स्वच्छता तथा धार्मिक महत्त्वको प्रचारप्रसार गर्ने उद्देश्यले अभियानले विगत आठ वर्षदेखि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
महाकमला आरती र दीप प्रज्ज्वलनले उत्तरवाहिनी कमला क्षेत्रलाई भक्तिमय बनाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…