जनकपुर प्रादेशिक अस्पताल मेसु विहिन, डा. रजकलाई अझै दिएनन जिम्मेवारी, मुख्यमन्त्री कार्यालयको झेल
यस सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव शोभाकान्त पौडेल बिदा लिएर काठमान्डौँ गएका छन् भने प्रवक्ता पार्वती शर्मासँग सम्पर्क हुन सकेनन् ।

२०८३ असोज २९ बिहीबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पताल अहिले मेडिकल सुपरिटेन्डेन्टविहिन भएको छ । गत असोज २२ गते भएको ४ जना कर्मचारीको सरुवामध्ये तीन जनाले कार्यभार सम्हालेका छन् भने डा. ईन्द्रजीत रजकलाई अझै जिम्मेवारी दिन चाहेका छैनन् ।
सरुवा भएको एक साता बितिसक्दा पनि डा. ईन्द्रजीत कुमार रजकलाई अझै जिम्मेवारी तोकिएको छैनन् । यसअघिका प्रादेशिक अस्पतालका मेसु (निर्देशक) डा. जामुन प्रसाद सिँहलाई स्वास्थ्य मन्त्रालयमा तानेपछि डा. रजकलाई अस्पतालमा सरुवा गरिएको हो । डा. रजकलाई भने अहिलेसम्म जिम्मेवारी तोकिएको छैनन् ।
डा. श्रवण नायक, चाँदनी जयश्वाल, जामुन सिँहले समेत सरुवा भएको ठाउँमा कार्यभार सम्हालिसकेको अवस्थामा डा.रजकलाई भने जिम्मेवारी तोकेर हाजिर गराएको छैनन् ।
मुख्यमन्त्री कार्यालय मधेश प्रदेश र स्वास्थ्य मन्त्रालयले रजकलाई हाजिर नगराई पुनः जामुन सिँहलाई फिर्ता पठाउने आन्तरिक तयारी गरेको सोतले जनाएको छ । यसको लागि एक मन्त्रीसँग करोड बढीको डील भईरहेको स्रोतले बतायो ।
एक सर्पदशंका विरामीलाई भेन्टीलेटर नहुँदा ज्यान गुमाएपछि छानबिन समिति बनेको थियो । सोही क्रममा डा.जामुन प्रसाद सिँहलाई मन्त्रालय तानिएको हो । जामुन सिँह मन्त्रालय तानेर डा. ईन्द्रजीत कुमार रजकलाई मेसुको रुपमा पठाउने गरी सरुवा भएकोमा उनलाई अझै जिम्मेवारी दिएको छैनन् ।
डा. रजकका अनुसार, सरुवाको निर्णय भएपनि अधिकारिक चिठ्ठी भने प्राप्त नभएको बताए । गत असोज २२ गतेको निर्णय अनुसार डा. रजकलाई दशौँ तहमा प्रादेशिक अस्पताल जनकपुरको प्र.मे.सु.को रुपमा काज सरुवा गरेको हो ।
जामुन सिँहको सरुवा मन्त्रालयमा भएपछि तथा डा. रजकलाई मेसुको जिम्मेवारी नदिएपछि अहिले प्रादेशिक अस्पताल मेसुविहिन बनेका छन् । डा. रजकलाई जिम्मेवारी नतोकी पुनः जामुनलाई फर्काउने डील भईरहेको सोतले जनाएको छ ।
यस सन्दर्भमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका मुख्य सचिव शोभाकान्त पौडेल बिदा लिएर काठमान्डौँ गएका छन् भने प्रवक्ता पार्वती शर्मासँग सम्पर्क हुन सकेनन् ।
सम्बन्धित दस्तावेज
PDF खुल्दैछ…
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…