साउदीको आराम्कोमा ड्रोन आक्रमण, एक नेपालीसहित दुई जनाको मृत्यू
यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।

२०८३ कार्तिक ५ बिहीबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरबको दक्षिण–पूर्वी क्षेत्रमा साउदी अराम्कोद्वारा सञ्चालित तेल प्रशोधन केन्द्रमा, ड्रोनका अवशेष खस्दा एक नेपाली कामदारसहित दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा एक नेपाली नागरिक र अर्का फिलिपिनो रहेका छन् । यो घटनामा एक भारतीयसहित अन्य दुई जना घाइते भएका छन् । साउदीको ऊर्जा मन्त्रालयका अनुसार, ड्रोनले युएईको सीमा नजिकै शायबाह तेल क्षेत्रलाई लक्षित गरेको थियो ।
मन्त्रालयले ड्रोन कसले प्रहार गरेको हो भन्नेबारे खुलाएको छैन । ज्यान गुमाएका नेपालीको ठेगाना तथा अन्य विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । साउदी अरब नेपाली श्रमिकको प्रमुख गन्तब्य देश हो ।
यमनको इरान समर्थित हुथी विद्रोहीले साउदी अरबमा निरन्तर आक्रमण गर्दै आएको छ । विमानस्थल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी आक्रमण हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…