जनकपुरकी पुष्पा यादव अब ठूलो पर्दामा, बलिउड अभिनेता सञ्जय मिश्रासँग स्क्रिन सेयर गर्दै
स्थानीय परिवेशबाट सुरु भएको सपना अब ठूलो पर्दासम्म पुग्दैछ। आफ्नो मेहनत, प्रतिभा र लगनशीलताका साथ अघि बढिरहेकी पुष्पा यादवका लागि ‘Jackson Halt 2’ अभिनय यात्राको नयाँ अध्याय बन्ने अपेक्षा छ।

२०८३ कार्तिक १ आइतबार, बिहान ८:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाको माटोबाट आफ्नो अभिनय यात्रालाई अघि बढाउँदै आएकी नेपालकी अभिनेत्री पुष्पा यादव अब मैथिली–हिन्दी क्राइम थ्रिलर फिल्म ‘Jackson Halt 2’ मा देखिने भएकी छिन्। बलिउडका चर्चित अभिनेता सञ्जय मिश्रासँग एउटै पर्दामा अभिनय गर्न पाउनु पुष्पाका लागि करियरको महत्त्वपूर्ण उपलब्धि हो।
फिल्मको छायांकन सुरु भइसकेको छ। मिथिलाको कला, संस्कृति र पहिचान बोकेर अघि बढिरहेकी पुष्पाको यो यात्राले नेपाली तथा मैथिली कलाकारको प्रतिभालाई फराकिलो चलचित्र क्षेत्रमा चिनाउने अपेक्षा गरिएको छ।
स्थानीय परिवेशबाट सुरु भएको सपना अब ठूलो पर्दासम्म पुग्दैछ। आफ्नो मेहनत, प्रतिभा र लगनशीलताका साथ अघि बढिरहेकी पुष्पा यादवका लागि ‘Jackson Halt 2’ अभिनय यात्राको नयाँ अध्याय बन्ने अपेक्षा छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…