फेसबुक कमेन्टका कारण सुनाइएको मृत्युदण्ड साउदीको सर्वोच्च अदालतद्वारा बदर
मृत्युदण्ड बदर भए पनि शिवरासको बाँकी कानुनी अवस्था र रिहाइबारे भने स्पष्ट भइसकेको छैन ।
२०८३ असोज २९ बिहीबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा गरेको टिप्पणीका कारण मृत्युदण्डको सजाय सुनाइएका श्रीलङ्काली आप्रवासी कामदार अनोजन शिवरासको मृत्युदण्ड बदर गरेको छ ।
श्रीलङ्काली कामदार शिवरासले फेसबुकमा इस्लाम धर्म र पैगम्बर मोहम्मदबारे गरेको टिप्पणीलाई लिएर उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । टिप्पणी सार्वजनिक भएपछि उनले उक्त पोस्ट हटाएर माफीसमेत मागेका थिए । तर, घटनाले कानुनी रूप लिएपछि उनलाई पक्राउ गरिएको थियो ।
अल–अहसा अदालतले सुरुमा उनलाई पाँच वर्ष कैद र ३० लाख साउदी रियाल जरिवानाको सजाय सुनाएको थियो । पछि सेप्टेम्बर १७ मा पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
श्रीलङ्का सरकारले कानुनी टोली परिचालन गर्नुका साथै कूटनीतिक पहल गरेपछि मुद्दा सर्वोच्च अदालत पुगेको थियो । अक्टोबर १३ मा सर्वोच्च अदालतले मृत्युदण्डको फैसला बदर गरेको समाचार सार्वजनिक भएको छ ।
श्रीलङ्काका उपविदेशमन्त्री अरुण हेमचन्द्रले फैसलाबारे जानकारी दिएका छन् । श्रीलङ्काका राष्ट्रपति अनुर कुमारा दिसानायकेले पनि निर्णयप्रति राहत व्यक्त गर्दै बाँकी कानुनी प्रक्रियामा शिवरास र उनको परिवारलाई सहयोग जारी राख्ने बताएका छन् ।
मृत्युदण्ड बदर भए पनि शिवरासको बाँकी कानुनी अवस्था र रिहाइबारे भने स्पष्ट भइसकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एजेन्सी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…