जनकपुर प्रादेशिक अस्पतालमा डा.रजकको भएन पदस्थापन, फेरी सिँहलाई नै फर्काउने डील ?
नाम नखोल्ने शर्तमा एक स्वास्थ्यकर्मीले मन्त्रीसँग २ करोडको डील भईरहेको दाबी गरे

२०८३ कार्तिक ४ बुधबार, बिहान ८:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका तत्कालिन मेसु डा. जामुन प्रसाद सिँहलाई मधेश प्रदेशका मुख्यमन्त्री कार्यालयले तानेपछि अहिलेसम्म मेसुविहिन भएको छ ।
गत असोज २२ गतेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जामुन सिँहलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरी डा.ईन्द्रजीत कुमार रजकलाई मेसुको रुपमा कामकाज पठाएको थियो । अहिलेसम्म डा. रजकलाई पदस्थापन गरिएको छैनन् ।
कामकाज सरुवा भएको १५ दिन भईसक्दा समेत डा. ईन्द्रजीत रजकलाई पदस्थापन नगरेको आरोप छ । यसको लागि मधेश प्रदेशका स्वास्थ्यमन्त्री नागेन्द्र साहसँग पुनः जामुन प्रसाद सिँहलाई नै फर्काउने डील भईरहेको आरोप लगाईएको छ । नाम नखोल्ने शर्तमा एक स्वास्थ्यकर्मीले मन्त्रीसँग २ करोडको डील भईरहेको दाबी गरे । यद्यपी यसको पुष्ट प्रमाण भने दिएनन् ।
जनकपुरका एक युवकको सर्पदंशबाट मृत्यू भएपछि जामुन सिँहको कार्य कुशलतामाथि प्रश्न उठाउँदै उनलाई स्वास्थ्य मन्त्रालय तानिएको हो । सिँहको ठाउँमा डा.ईन्द्रजीत कुमार रजकलाई पठाएपनि उनलाई अहिलेसम्म पदस्थापन भने हुन दिएको छैनन् ।
यस सन्दर्भमा डा. रजकले काजसरुवाको पत्र लुकाईएको बताए । उनले प्रादेशिक अस्पताल जनकपुरमा आफ्नो काज सरुवा भएको जानकारी मात्र भएको बताउँदै काजसरुवाको पत्र भने नपाएको तथा पदस्थापन समेत नगरेको गुनासो गरे ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदका मुख्य सचिव विदामा रहेको बताए भने प्रवक्ताको फोन जतिबेला पनि अफ आयो । स्वास्थ्य मन्त्रालयका प्रवक्तासँग सोधपुछ गर्दा मुख्यमन्त्री कार्यालयको जिम्मेवारी रहेको र यस मन्त्रालयसँग कुनै सम्बन्ध नरहेको बताए ।
यसै सन्दर्भमा मधेशका स्वास्थ्यमन्त्री साहसँग सम्पर्क गर्दा सम्पर्क भने हुन पाएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…