सबैलामा वडाध्यक्ष भलिवल कपः यादव ब्राण्डलाई पराजीत गर्दै राजस्थानले लगे ट्रफी
दोस्रोलाई केभिसि टिमलाई ३१ हजार रुपैयाँ र तेस्रो भएका यादव ब्राण्डलाई १५ हजार रुपैयाँको पुरकार राशी प्रदान गरिएको रेफ्री हरि कुमार यादवले जानकारी दिए ।

२०८३ कार्तिक ४ बुधबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलामा सम्पन्न वडाध्यक्ष कप भलिवल प्रतियोगिताको उपाधी भारतको राजस्थान टीमले हात पारेको छ ।
कार्तिक १ गतेदेखि कार्तिक ३ गतेसम्म धनुषा सबैलाको वडा नं. २ मा सँचालन भएको वडाध्यक्ष कपको उपाधी राजस्थानले प्रथम पुरस्कार हात पारेको हो ।
त्रिदिवसीय भलिवल कपमा कुल १८ ओटा टिम सहभागीता जनाएकोमा राजस्थाना प्रथम, केभिसी दोस्रो र यादव ब्राण्ड तेस्रो भएको हो । राजस्थानलाई ट्रफीसहित ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।
दोस्रोलाई केभिसि टिमलाई ३१ हजार रुपैयाँ र तेस्रो भएका यादव ब्राण्डलाई १५ हजार रुपैयाँको पुरकार राशी प्रदान गरिएको रेफ्री श्री प्रसाद यादवले जानकारी दिए ।
वडा नं. २ का पूर्व वडाध्यक्ष मुकेश पुर्वेको सभापतित्व तथा नेकपाका नेता रोशन यादवको प्रमुख आतिथ्यमा आयोजन गरिएको भलिवल वडाध्यक्ष कपमा १८ टिममध्ये ४ वटा टिम सेमिफाईनलमा प्रवेश गरेको थियो । जसमा राजस्थान र यादव ब्राण्ड भिडेको थियो भने दोस्रोमा केभिसी र कौरना महोत्तरी भिडेको थियो ।
स्थानीय राधेश्याम पूर्वेको सँयोजकत्वमा आजोजित सो भलिवल प्रतियोगितामा राष्ट्रिय खेलकूद परिषद् मधेश प्रदेशका प्रशिक्षक भरत यादव, रेफ्री बेचन साह, हरि यादव, कृष्णा यादव, शिवजी साह लगायका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…