धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्या आशंका
मृतकका बुवा सुबोध कामतीले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन् । तर, उनको मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन

२०८३ कार्तिक ३ मंगलबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला परेको छ । नगराइन नगरपालिका–७, देवडिहाकी राखी कामतीको शव नगराइन नगरपालिका–६, लगमा टोलस्थित पोखरीमा भेटिएको हो ।
प्राप्त जानकारीअनुसार, राखी शनिबार साँझ लगमा टोलमा झिझिया हेर्न गएकी थिइन् । त्यसपछि आइतबार उनको शव पोखरीमा फेला परेको हो । दसैँको चाडपर्वका बेला किशोरीको शव भेटिएपछि परिवार र स्थानीय क्षेत्रमा शोक छाएको छ ।
मृतकका बुवा सुबोध कामतीले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन् । तर, उनको मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ । किशोरीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।
पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट मात्रै किशोरीको मृत्यु दुर्घटना, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने स्पष्ट हुने छ । प्रहरीले घटनासँग सम्बन्धित परिस्थितिको अनुसन्धान गरिरहेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…