चोरीका ५९ मोबाइल र कारसहित वीरगँजकी टिकटोकिया दीपमाला पटेलसहित भारतमा ५ जना पक्राउ
त्यसक्रममा कारभित्र लुकाएर राखिएका विभिन्न कम्पनीका ५९ थान मोबाइल बरामद भएको र कारमा सवार पाँचै जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
२०८३ कार्तिक ३ मंगलबार, बिहान ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा चोरीका ५९ थान मोबाइलसहित पाँच जना पक्राउ परेको समाचार सार्वजनिक भएको छ । पक्राउ परेकामध्ये वीरगञ्जमा बस्दै आएकी टिकटक प्रयोगकर्ता दीपमाला पटेल पनि रहेको भारतीय प्रहरीले जनाएको छ ।
नेपाल टप खबरमा प्रकाशित समाचारअनुसार, बिहारको मेहसी थाना क्षेत्रअन्तर्गत राष्ट्रिय राजमार्ग–२७ मा सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको कार रोकेर खानतलासी गरेको थियो । त्यसक्रममा कारभित्र लुकाएर राखिएका विभिन्न कम्पनीका ५९ थान मोबाइल बरामद भएको र कारमा सवार पाँचै जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।
पक्राउ पर्नेहरूमा बारा जिल्ला घर भएकी वीरगँज बस्दै आएकी टिकटोकर दीपमाला पटेलसहित बिहारका रामप्रवेश कुमार, नवनित सिंह, साहेब कुमार र लक्ष्मी कुमारी रहेको उल्लेख छ । पटेलको स्थायी घर पर्सा जिल्लाको चिकनी रहेको र उनी वीरगञ्जमा बस्दै आएको बताईएको छ । यद्यपी, विहार पुलिसले भने उनको घर बारा बताएको छ ।
बरामद मोबाइल भारतबाट चोरी गरी नेपालतर्फ लैजान खोजिएको आशंका गरिएको छ । प्रहरीले पक्राउ परेकाहरूसँग सोधपुछ गरिरहेको र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । यद्यपि, मोबाइल चोरीमा प्रत्येक पक्राउ परेका व्यक्तिको भूमिका र उनीहरूविरुद्धको आरोपबारे स्वतन्त्र आधिकारिक पुष्टि उपलब्ध छैन ।
यस घटनाले नेपाल–भारत सीमावर्ती क्षेत्रमा चोरीका सामान ओसारपसार तथा अवैध कारोबार नियन्त्रणको विषयलाई फेरि चर्चामा ल्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
मुकेश पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…