दुर्गा विसर्जनमा झै-झगडा तथा धार्मिक सदभाव बिगार्ने प्लान बनाउने महोत्तरीका मोहम्मद अमिर पक्राउ
गौशाला बजारमा घुमफिर गरिरहेको अवस्थामा मोहम्मद अमिर राजालाई नियन्त्रणमा लिएको

२०८३ कार्तिक ३ मंगलबार, बिहान ७:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गौशाला नगरपालिका–४ मा बसोबास गर्ने २५ वर्षीय मोहम्मद अमिर राजासहित ४/५ जना व्यक्ति गौशाला बजारमा खाजा–नास्ता खाइरहेको अवस्थामा धार्मिक भावनामा आघात पुर्याउने उद्देश्यले गतिविधि गरिएको सूचना प्राप्त भएको थियो ।
प्रहरीका अनुसार हिन्दुहरूको महान् चाड बडादसैँअन्तर्गत दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने दिन भीडमा झैझगडा तथा कुटपिट गरी बाधा–अवरोध सिर्जना गर्ने र हिन्दु तथा मुस्लिम समुदायबीच द्वन्द्व फैलाउने उद्देश्यले अडियो बनाई ह्वाट्सएपमार्फत प्रसारण गरिएको भन्ने विशेष सूचना प्राप्त भएको थियो ।
उक्त अडियो सामाजिक सञ्जालमा समेत प्रसारण गरी सामाजिक सद्भाव बिगार्ने प्रयास भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानका क्रममा प्रहरीले असोज ३० गते साँझ करिब ६ बजे गौशाला नगरपालिका–५ स्थित गौशाला बजारमा घुमफिर गरिरहेको अवस्थामा मोहम्मद अमिर राजालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न भनिएका अन्य व्यक्तिहरूको भूमिकाबारे भने विज्ञप्तिमा विस्तृत विवरण खुलाइएको छैन ।
धार्मिक तथा सामाजिक सद्भावमा असर पार्ने गतिविधि र अपुष्ट सामग्रीको प्रसारणले समुदायबीच तनाव बढाउन सक्ने भएकाले प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।













टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…