CJP आन्दोलनमाथि भारत सरकारको एक्सन, सौरव र आशुतोष राँका जेलमा, डरले बोली फेरे अभिजित दिपके
दास र राँकाको हिरासत लम्बिँदै जाँदा भारतमा राजनीतिक असहमति र नागरिक स्वतन्त्रतामाथि राज्यको व्यवहारबारे बहस थप तीव्र बनेको छ ।

२०८३ कार्तिक ४ बुधबार, बेलुकी ५:५९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतमा निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै प्रदर्शन गरिरहेका ककरोच जनता पार्टी (सीजेपी) का नेता सौरव दास र आशुतोष राँका तिहाड जेलमा छन् । अर्का नेता अभिजित दिपके भने सर्तसहित रिहा भएका छन् । दिल्ली प्रहरीले दास र राँकाविरुद्धका मुद्दा अपराध शाखामा सार्दै न्यायिक हिरासत थप गर्न माग गरेको छ ।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार, दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै प्रदर्शन गर्ने योजनासहित पुगेका सीजेपी नेताहरूलाई अक्टोबर १० मा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरू अक्टोबर ११ मा जमानतमा रिहा भएका थिए । तर अक्टोबर १३ मा निषेधित प्रदर्शनस्थल जंतरमन्तरमा प्रवेश गरेको आरोपमा उनीहरू पुनः प्रहरी कारबाहीमा परे ।
दिल्ली प्रहरीका अनुसार प्रदर्शनकारीले बन्द गरिएको ढोका नाघेर परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दास र राँकाविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको थियो । प्रहरीले उनीहरूले शान्ति कायम राख्ने सर्त उल्लङ्घन गरेको दाबी गरेको छ । यी आरोप अदालतबाट प्रमाणित भइसकेका छैनन् ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…