विदेशमा दुर्घटना भएका नदाफलाई ५० हजार सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा दुर्घटना भई खुट्टामा गम्भिर चोट लागेका एक धनुषावासीलाई आर्थिक सहयोग गरिएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने नईद नदाफलाई बिस्मिल्लाह नेपाल सोसाइटी इमप्रोभेमेन्ट बानाथ मदरसा निर्माण अभियानद्वारा ५० हजार रुपैयाँ सहयोग गरिएको हो । शनिबा
२०७७ फागुन ८ शनिबार, बेलुकी ७:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीको क्रममा दुर्घटना भई खुट्टामा गम्भिर चोट लागेका एक धनुषावासीलाई आर्थिक सहयोग गरिएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने नईद नदाफलाई बिस्मिल्लाह नेपाल सोसाइटी इमप्रोभेमेन्ट बानाथ मदरसा निर्माण अभियानद्वारा ५० हजार रुपैयाँ सहयोग गरिएको हो ।
शनिबार एक कार्यक्रमबीच नदाफलाई उपचारको लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो । दुर्घटना भएपछि खुट्टामा गम्भिर चोट लागेका नदाफलाई उपचारको लागि आर्थिक अभाव भएको समयमा मदरसा निर्माण अभियानद्धारा सहयोग गरेपछि उपचार गर्ने बताएका थिए ।
सो क्रममा अभियानका समशुल राईन, अनसरुल राईन, कयुब राईन र न्यूज ब्यूरोका पत्रकार एवम् मदरसा निर्माण अभियानी सलामत राईन, सँचारकर्मी एवम अभियन्ता दिवाकर उप्रेति लगायत करिब एक दर्जन व्यक्तिहरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।
पीडित नदाफलाई करिब १ बर्ष पहिले कतारमा सवारी दुर्घटना भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सलामत राईन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…