धनुषाको सबैलामा तास खेलिरहेको आरोपमा होटलसँचालकसहित ८ जुवाडी पक्राउ, ३० हजार बरामद

२०८३ असोज १८ आइतबार
बिहान १०:३२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलामा तास खेलिरहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

सबैला नगरपालिका–३ हनुमानचोकस्थित महतो होटलबाट शुक्रबार करिब १२ बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा होटल सञ्चालक मनोज महतो, रमेश प्रसाद जयसवाल, प्रभु होटलका सञ्चालक नीरज साह, उमेश महरा, सबैला–६ का बिजु ठाकुर र मुकेश जयसवालसहित ८ जना रहेका छन् ।

उनीहरूको साथबाट तास तथा ३० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus