न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित माछा बजारमा नगर प्रहरीले अनुगमन गरेको छ । अनुगमनका क्रममा एक किलो माछा किन्दा डिजिटल तराजुमा ७२० देखि ८०० ग्रामसम्म मात्रै तौल देखाएर बिक्री गर्ने गरेको पाइएपछि सम्बन्धित व्यापारीलाई नियन्त्रणमा लिइएको छ ।
एक किलो माछाको मूल्य लिएर कम तौलमा बिक्री गर्दा उपभोक्ता ठगिने गरेको पाइएपछि नगर प्रहरीले कारबाहीका लागि व्यापारीलाई नियन्त्रणमा लिएको हो ।
नगरपालिकाले बजारमा वस्तुको सही तौल सुनिश्चित गर्न तथा उपभोक्ता ठगी नियन्त्रण गर्न अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।
मधेशतर्फ माछा बजारमा प्रायः सस्तो माछा भन्दै तराजुमा तौल कम दिने प्रवृति रहेको छ । सस्तो माछा भन्दै कम तौलको महँगो दाम लिएको उपभोक्ता थाहा नपाएपछि नगरले अनुगमन गरेको हो ।
झिटकहिया युवा संगठनले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार ३५ हजार
- २०८३ असोज २३ शुक्रबार
न्युज ब्यूरो, जनकपुरधाम । झिटकहिया युवा संगठनले खेलकुदमार्फत युवाबीच एकता, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘खेलले जोड्छ, युवाले भविष्य
पूरा पढ्नुहोस्




.png)


