जनकपुरः भारतबाट रक्सी खान नेपाल आउँदा नदीमा डुबेर मृत्यू
सनाखतपछि लास उनको परिवारजनलाई जिम्मा लगाएको

२०७७ असोज १८ आइतबार, बिहान ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । नदीको चोर बाटो भएर भारतबाट नेपाल छिर्न खोज्दा नदीमै डुबेर एक भारतीय नागरिकको मृत्यू भएको छ ।
नेपाल भारत सीमा क्षेत्रको धनुषाको धनौजी गाउँपालिकाको हरिने हरलाखी बोर्डरमा रहेको नदीमा डुबेर मृत्यू भएको हो । भारतबाट नेपाल तर्फ रक्सी खानको लागि नेपाल आउँदा उनको डुबेर मृत्यू भएको हो । डुबेर भारत बिहारको हरिने हरलाखी बस्ने अन्दाजी बर्ष ५५ को नरेश साहको मृत्यू भएको हो ।
धनौजी भररिया स्थित रहेको नेपाल भारत सीमामै रहेको नदीमा अधिक पानीलाई मध्यनजर गर्दै भारतीय एसएसबीले सो बाटो भएर आवतजावत नगर्न तथा नदीको बाटो भएर रोक लगाएको भएपनि उनी रक्सी खान नेपाल आएका थिए भने रक्सी खाएर भारत फर्कीरहेको बेला नदीमा डुबेर मृत्यू भएको हो ।
उनलाई डुबेको देखेर स्थानीयहरुले हल्ला गरेका थिए । मानिसहरु पुगेपछि तबसम्म नरेशको ज्यान गईसकेको थियो भने उनको लास पानी भित्र गइसकेको थियो । घटनाको जानकारी पाएलगत्तै भररिया प्रहरीका जुगल चौधरीको कमाण्डमा गएको प्रहरी टोलीले उनको लास पानीबाट निकालेको थियो ।
पानीबाट लास निकालेर भारतीय एसएसबीसँग सहकार्य गरेपछि मृतक भारतको हरलाखीको रहेको सनाखतपछि लास उनको परिवारजनलाई जिम्मा लगाएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…