धनौजी गाउँपालिकाको राहत गरिबले नपाउँदै कुहाइए
जनप्रतिनीधिहरुले राहतमा पनि बेईमानी गरेर लाखौं करोडौं झवाम्म पारेका छन् ।

२०७७ भदौ २० शनिबार, बेलुकी ६:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले गरिब, निमुखाको लागि किनेको राहत समाग्री त्यतिकै सडाएको छ ।
धनौजी गाउँपालिका वडा नं. ३ झौझी कटैयाँमा लकडाउनबाट प्रभावित गरिब, निमुखाको वितरणको लािग राखेको राहत उनीहरुलाई नदिएपछि अन्तत सडेको हो । वडा कार्यालयको पछाडी राहतको लागि ल्याएको चामल कुहिएर फालिएको अवस्था फालिएको भेटिएको हो ।
गाउँपालिकाले वडा नं. ३ का अत्यन्त गरिब, विपन्न परिवारको लागि ल्याएको राहत समाग्री उनीहरुलाई समयमा नदिएपछि स्टोरमै सडेको जनता समाजवादी पार्टीका युवा नेता एवम् गाउँपालिका अध्यक्षका प्रत्यासी जीवेन्द्र झाले आरोप लगाए ।
निरन्तर लकडाउन र निषेधाज्ञाले भोकै छटपटाइरहेको गरिब निमुखालाई नदिएर राहतको राजनीतिले लाखौंको राहत त्यतिकै सडेको आरोप लगाएको हो । कैयौँ महिनादेखि कोठामै थन्काएर चामल राख्दा कुहिएको बताउँदै उनले कुहिएर गन्हाएपछि मात्र बाहिर फालेपछि कर्मकाण्ड बाहिर आएको बताएका छन् ।
सरकारले स्थानीय सरकारलाई लकडाउनबाट प्रभावित अन्यन्त गरिब परिवारलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको थियो । जनप्रतिनीधिहरुले राहतमा पनि बेईमानी गरेर लाखौं करोडौं झवाम्म पारेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…