धनौजी गाउँपालिकाद्धारा कोरोनाको नाममा १ करोड झवाम्म : नेता झा
स्थानीयहरुले विभिन्न शिर्षकमा भएको खर्चको विवरण यसअघि नै माग गरिसकेका छन् ।

२०७७ भदौ १७ बुधबार, दिउँसो १२:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीका युवा नेता एवम् प्रत्यासी अध्यक्ष जीवेन्द्र झाले धनौजी गाउँपालिकाले १ करोड बढी झवाम्म पारेको आरोप लगाएका छन् ।
विश्व अहिले कोरोनाबाट आक्रान्त रहेको बेला गाउँपालिकाको गरिब निमुखाको राहतको नाममा १ करोड बढी रुपैयाँ झवाम्म पारेको आरोप लगाएका हुन् । उनले कोरोनाको नाममा छुटयाइएको १ करोड ५० लाख रुपैयाँको शिर्षकगत हिसाब माग्दा नदिएको बताउँदै भित्रैभित्र झवाम्म पारेको बताएका छन् ।
राहतको नाममा विभिन्न वडामा ५ किलो चामल १ लिटर तेल, २ टा साबुन र १ किलो दाल केही जनालाई बाँडेर १ करोड ५० लाख खर्च भएको बताउँदै आएको अधिकृत र अध्यक्षलाई उदृत गर्दै बताएका छन् ।
उनले गाउँपालिका अध्यक्ष बद्री सिँह, प्रमुख प्रशासकीय अधिकृत रामबाबु ठाकुर, स्वास्थ्य सँयोजक सबै जना मिलेर रकम झवाम्म पारेको आरोप लगाएका छन् । महामारी रोकथामको लागि गरिएको खर्चको अधिकारिक विवरण सार्वजनिक नगरे अख्तियारमा जाने चेतावनी दिएका छन् ।
यता, सो सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत ठाकुरसँग भने सम्पर्क हुन सकेनन् । स्थानीयहरुले विभिन्न शिर्षकमा भएको खर्चको विवरण यसअघि नै माग गरिसकेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…