मिर्चैया नगरपालिका : कांग्रेसले बुझायो ज्ञापन पत्र, दर्जनबढी 'आरटीआई' निवेदन
कांग्रेस, जसपा र जनमत पार्टी निकट दर्जनौं व्यक्तिहरुले सूचनाको हकको अधिकार प्रयोग गर्दै निवेदन दर्ता गराएका छन् ।

२०७७ साउन २८ बुधबार, राति १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले कोरोना नियन्त्रण भएको खर्चको शिर्षकसहितको विवरण उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाले काभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणमा देखाएको खर्च विवरणमा एकमुष्ट खर्च देखाइएको भन्दै शिर्षकसहितको विवरण उपलब्ध गराउन कांग्रेसले माग गरेको हो ।
जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण समितिलाई नगरपालिकाद्वारा बुझाइएको एक करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँको खर्च विवरणमा शिर्षकसहित नखुलाइएको भन्दै व्यापक भ्रष्टाचार र अनियमितता देखिएको कांग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नगरपालिकादरा देखाइएको खर्च कुनकुन शिर्षकमा कहाँहाँ खर्च भएको हो त्यो विवरण पारदर्शी ढंगले सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ ।
यस्तै, विभिन्न पार्टी निकट व्यक्तिहरुले पनि कोरोना नियन्त्रणमा भएको खर्चको शिर्षकसहितको विवरण उपलब्ध गराइदिन आज नगरपालिकामा निवेदन दर्ता गराएका छन् । कांग्रेस, जसपा र जनमत पार्टी निकट दर्जनौं व्यक्तिहरुले सूचनाको हकको अधिकार प्रयोग गर्दै नगरपालिकामा निवेदन दर्ता गराएका हुन् ।
उनीहरुले आर्थिक वर्ष २०७६।७७ को खर्च विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराइदिनसमेत माग गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…