कोरोनाको नाममा ब्रम्हलुट : जनमत पार्टीले औरही गाउँपालिकासँग माग्यो हरहिसाब
कोरोना रोकथामको नाममा जिल्लामै सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहमा औरही गाउँपालिका दोश्रो स्थानमा छ ।

२०७७ साउन २३ शुक्रबार, दिउँसो ४:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीले औरही गाउँपालिकासँग कोरोना रोकथाम तथा उपचारमा गरेको खर्चको विवरण पारदर्शी रुपमा उपलब्ध गराउन माग गरेको छ ।
गाउँपालिकाले कोरोना रोकथाम तथा उपचारमा २ करोडभन्दा बढी खर्च भएको देखाएपछि जनमत पार्टीले शिर्षकसहित ईकाई मूल्यसहितकको विवरण उपलब्ध गर्न माग गरेका हो ।
जनमत पार्टीका स्थानीय युवा दिपेन्द्र यादवले सूचनाको हक प्रयोग गर्दै गाउँपालिकामा उक्त मागसहित निवेदन दर्ता गराएका हुन् । गाउँपालिकाले हालसम्म २ करोड २० लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च भएको सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयमा बुझाइएको खर्च विवरणमा कुनै पनि शिर्षक नै नखुलाई एकमुष्ट खर्च देखाइएकोले यसमा व्यापक अनियमितता र भ्रस्टाचार भएको भन्दै हरहिसाब पारदर्शी गर्न निवेदन दर्ता गराएको यादवले बताए ।
कोरोना रोकथामको नाममा जिल्लामै सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहमा औरही गाउँपालिका दोश्रो स्थानमा छ । सबैभन्दा बढी सिरहा नगरपालिकाले पाँच करोडभन्दा पनि बढी खर्च गरेको विवरणमा देखाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…