दलित समुदायले जनकपुर घन्काए
उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।
२०७७ साउन १३ मंगलबार, राति ९:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर रुपमा दलित समुदाय उपर प्रहार गरिएको भन्दै दलित समुदायहरुले आज (मँगलबार) जनकपुर घन्काएका छन् ।
दलितमाथि निरन्तर भइरहेको बलात्कार, हत्या, कुटपिट जस्ता घटनाको बिरोध गर्दै थाली पिटेका छन् । निरन्तर रुपमा दलितमाथि भई रहेको हत्या, हिंसा विरुद्ध गाउगाउबाट आएका दलित युवा तथा महिलाहरुले थाल पिट्नुका साथै सिटी फुकेर प्रदर्शन गरेका हुन् ।
उनीहरु जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए । उनीहरु प्रहरी प्रशासन विरुद्ध प्रर्दशन गरे ।धनुषाको शम्भु सदा र राजु सदाको हत्या र न भएको भएपनि छानविन तथा कारवाही नगरेको र दलितमाथि निरन्तर बलात्कार, कुटपिट तथा दुर्व्यवहार जस्ता घटना घट्न थालेपछि दलित अगुवाहरु आन्दोलनको घोषणा गरेका छन् ।
अब साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना र साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने दलित अगुवाहरुले जनाएको छ ।
गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
कैलाश दास
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…