जनकपुरका राकेश विक्रम साह बने 'कोभिड हिरो' !
अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले समाजिक कार्यप्रति उत्साहित बनाइएको छ ।
२०७७ साउन ५ सोमबार, राति ९:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका एक युवकलाई कोभिड हिरो अवार्डबाट सम्मानित गरिएको छ ।
नेपाली कांग्रेसका भातृ संगठन नेपाल तरुण धनुषाका उपाध्यक्ष राकेश बिक्रम साह हिरो अवार्डबाट सम्मानित भएका छन् ।
समाजिक कार्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै युवा नेता साहलाई अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले अवार्ड प्रदान गरेको हो ।
सरकारले कोरोना भाइरस रोकथामको लागि लगाएको लकडाउन बेला रोजगार गुमाएका दैनिकी ज्यालादारीमा काम गर्ने श्रमिकहरुको खान तथा खाद्यान्न सामग्री वितरणमा सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न संघ संस्था तथा व्यक्तिहरु सँग समन्वय गरी जनकपुर उपमहानगरपालिकाको २५ औं वडाका दैनिकी ज्यालादारीमा काम गर्ने मजदुरवर्गको लागि खद्यानसमाग्री वितरण गरेका थिए
मुलुकमा संकट परेकाबेला सहयोग लिने मजदुर र सहयोग दिने मनकारी दुबैलाई सम्पर्क गरी एउटा समन्वयकारीको भुमिका निर्वाह गरेकाले नेता साहलाई उक्त अवार्डले सम्मानित गरेको हो ।
कोरोना भाइरस रोकथामको लागि सरकारले लगाएको लकडाउनको धेरैको रोजगार गुमेको थियो दैनिकी ज्यालादारीमा काम गर्ने मजदुरवर्गको एक छाक टार्न पनि मुस्लिम परेको थियो त्यस्तो अवस्थामा हामीले एक युवा राजनीतिकर्मी भएको नाताले आफ्नो ठाउँबाट सकेसम्म उनीहरूको सहयोगी बनेका थिए युवा नेता साहले बताए ।
हामीले लकडाउनको अवधिमा समाजप्रति जुन सक्रियता देखाइएको थियो त्यसलाई कदर गरेर अमेरिकास्थित हामी नेपाली ग्लोवल संस्थाले समाजिक कार्यप्रति उत्साहित बनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…