'कृषि टिभीलाई कारवाही नभए धैर्यता र कानून मर्यादाको सीमा पार हुनसक्छ'
न्यूज ब्यूरो, जनकपुरधाम । सिंगो मधेशी समुदायलाई अपमान र बेइज्जत गरेको कृषि टिभीलाई कारवाही नभएसम्म संघर्षका कार्यक्रम नरोकिने विद्यार्थी जनमत संघले चेतावनी दिएको छ । कृषि टिभीलाई कारवाहीको माग गर्दै विगत १४ दिनदेखि संघर्षका कार्यक्रम गर्दै आएपनि कतैबाट सुनुवाई नभएको भन्दै संघले यस्तो चेतावनी दिएको ह

२०७७ जेठ २१ बुधबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिंगो मधेशी समुदायलाई अपमान र बेइज्जत गरेको कृषि टिभीलाई कारवाही नभएसम्म संघर्षका कार्यक्रम नरोकिने विद्यार्थी जनमत संघले चेतावनी दिएको छ ।
कृषि टिभीलाई कारवाहीको माग गर्दै विगत १४ दिनदेखि संघर्षका कार्यक्रम गर्दै आएपनि कतैबाट सुनुवाई नभएको भन्दै संघले यस्तो चेतावनी दिएको हो । संघले टिभीलाई कारवाही नभए धैर्यता र कानून मर्यादाको सीमा पार हुनसक्ने चेतावनी पनि दिएको छ ।
सरकार र सम्बन्धित निकायको मौनता यथावतै रहे लकडाउनमै आउन सक्ने परिस्थितिको सबै जिम्मेवारी सरकार र ती निकायले लिनुपर्ने संघको चेतावनी छ । संघले लकडाउनको पालना गर्दै कृषि टिभीविरुद्ध १४ दिनदेखि शान्तिपूर्ण संघर्ष गर्दै आएको छ ।
उता, पत्रकार बीपी साहले समेत निरन्तर रुपमा कारवाहीको लागि प्रयास गर्दै आएपनि कत्तैबाट पहल भएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…