पूर्वमन्त्री यादवद्धारा गणेशमान चारनाथमा स्वास्थ्य सामाग्री सहयोग
न्यूज ब्यूरो, धनुषा । निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं सांसद मात्रिका प्रसाद यादव र प्रदेश सांसद किशोरी साहले गणेशमान चारनाथ नगरपालिकामा स्वास्थ्य सामाग्री सहगोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरुक

२०७७ जेठ २१ बुधबार, दिउँसो ३:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं सांसद मात्रिका प्रसाद यादव र प्रदेश सांसद किशोरी साहले गणेशमान चारनाथ नगरपालिकामा स्वास्थ्य सामाग्री सहगोग गरेका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । पूर्वमन्त्री यादव र प्रदेश सांसद साहले बुधबार नगरपालिकाको कार्यालयमै पुगी सो सामाग्री हस्तान्तरण गरेका हुन् ।
नगरपालिकालाई पीपीई १० थान, चस्मा १० थान, शू कभर १० सेट, केएन ९५ मास्क १० थान, थर्मलगन १० सेट प्रदान गरिएको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री यादवले भरपुर जनशक्ती लगाएर कोरोना रोकथाममा लाग्न नगरपालिकालाई निर्देशन दिए । उनले जनताको सुरक्षाका लागि खटिएका स्वास्थ्यकर्मी तथा कोरोना रोकथामका लागि नगरपालिकालाई आवश्यक सहयोगमा कमि हुन नदिने बाचा गरे ।
पूर्वमन्त्री यादवले आफ्नो निर्वाचण क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न पालिकालाई कोरोना संक्रमण रोकथामका लागि आवश्यक सहयोग गर्दै आएका छन् ।
सो क्रममा नगरपालिकाका नगरप्रमुख रामबाबु यादव, उपप्रमुख मिना देवि यादव, नेकपाका जिल्ला सचीव दीपक यादव, नगरध्यक्ष महेशलाल यादव लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…