सिरहाका एसपीका सुरक्षा गार्ड र गाडी चालकमा कोरोना पुष्टि
यससँगै सिरहामा संक्रमितको संख्या ८ पुगेको छ ।

२०७७ जेठ १४ बुधबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका प्रहरी प्रमुख एसपीको सुरक्षा गार्ड र गाडी चालकमा कोरोना संक्रमण भएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बुधबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रहरीहरुको स्वाव संकलन गरी परीक्षणको लागि पठाइएकोमा दुईजनामा संक्रमण देखिएको छ ।
उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिए ।
एसपी उमाप्रसाद चतुर्वेर्दीको भने हिजो (मंगलबार) मात्रै स्वाव संकलन गरिएको छ । उनको स्वाव टेकु पठाउने तयारी भइरहेको प्रजिअ गुरागाईले बताए ।
‘उहाँको हिजोमात्रै स्वाव संकलन भएको छ, पठाउने तयारीमा छौं,’ उनले न्यूज ब्यूरोसँग भने । यससँगै सिरहामा संक्रमितको संख्या ८ पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…