कृषि टिभीविरुद्धको संघर्ष : कारवाहीको माग गर्दै प्रेस काउन्सिलाई पत्र
मधेशी समुदाय आफ्नै राष्ट्र भित्र पनि अपहेलित जिन्दगी जिउन बाध्य छन् ।

२०७७ जेठ ११ आइतबार, दिउँसो ४:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायलाई अपमानित गरेको कृषि टिभीलाई कारवाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा ध्यानाकर्षण पत्र पठाइएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी जनमत संघले कृषि टिभीलाई हालसम्म कारवाही नभएको भन्दै काउन्सिललाई ध्यानाकर्षण गराएको हो ।
संघले कृषि टिभीविरुद्ध घोषणा गरेको विरोधका कार्यक्रम अन्तर्गत चौथो दिन टिभीलाई कारवाही गर्न माग गर्दै इमेलमार्फत् काउन्सिललाई पत्र पठाएको छ । उक्त पत्रमार्फत् कृषि टिभीलाई यथाशिघ्र कडा कारवाही गर्न माग गरिएको छ ।
काउन्सिललाई पठाइएको पत्रमा सूचना तथा सञ्चार मन्त्रालय, मधेशी आयोग, मानव अधिकार आयोग र गृह मन्त्रालयलाई बोधार्थ राखिएको छ ।
यसअघि संघले गत बिहीबार पहिलो दिन कृषि टिभीको कार्टुन बनाएर विरोध गरेको थियो भने शुक्रबार सबैले आफ्नो प्रोफाइलमा कालो तस्वीर राखेका थिए । यस्तै तेश्रो दिन हिजो कालो अक्षरमा प्रेस काउन्सिल लेखेर फेसबुकमा पोष्ट गरिएको थियो ।
विरोधका कार्यक्रम अन्तर्गत भोली सोमबार सादा कागजमा प्रेस काउन्सिल लेखेर घरमै जलाइनेछ भने कारवाही नभए विरोधका थप कार्यक्रम सार्वजनिक गरिने संघले जनाएको छ ।
गत बैशाख १ गते कृषि टेलिभिजनबाट प्रसारण भएको कोरोना बिर्साउने गफगाफ कार्यक्रममा मधेशी समुदायको हुने अपमान हुने तरिकाले कार्यक्रम सञ्चालन गरिएको थियो । प्रेस काउन्सिलले कृषि टिभीलाई स्पष्टिकरण सोधेपनि कारवाहीको लागि कदम चालेको छैन ।
यस्तो महामारीको समयमा टेलिभिजन जस्तो सञ्चार माध्यमबाट पुस्तौपुस्तालाई मधेशीको अपमान हुने खाले गरिएको आक्रमण अक्ष्मय र असहनिय रहेको संघको ठहर छ ।
विभिन्न समयमा विभिन्न खाले मिडिया, फेसबुक, ट्विटर, टिकटक आदि सञ्जालबाट यस्ता खाले अपहेलित, अश्लील, अशोभनीय र रंगभेदी गालीहरु शब्द मार्फत् प्रहार हुँदा मधेशी समुदाय आफ्नै राष्ट्र भित्र पनि अपहेलित जिन्दगी जिउन बाध्य छन् ।
मधेशी जनतामाथि निरन्तर रुपमा प्रहार हुँदै आएपनि राज्य चुइक्क नबोलेको भन्दै अब कारवाहीको विकल्प नरहेको संघका अध्यक्ष पोषण यादवले बताए ।
प्रेस काउन्सिललाई पठाइएको पत्र :

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…