कृषी टिभीले 'कोरोना बिर्साउने गफगाफ' कार्यक्रम बन्द गर्यो
नेपालमा मधेशी समुदायलाई बेलाबेला अपमान गर्ने र पछि माफी माग्ने प्रवृत्ति नौलो होइन ।

२०७७ जेठ १० शनिबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कृषि टिभीबाट प्रशारण हुँदै आएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रम विवादमा परेपछि बन्द गरिएको छ ।
मधेशी समुदायलाई अपमान हुने तरिकाले कार्यक्रम सञ्चालन गरेको कृषि टिभीले चौतर्फी विरोधपछि सो कार्यक्रम बन्द गरेको हो ।
कार्यक्रमको गत १ जेठमा प्रशारित एपिसोड विवादमा आएको हो । उक्त एपिसोडमा गोमा पाण्डे होस्टको रुपमा र सुर्य भण्डारी मधेशी चरित्रमा प्रस्तुत भएका थिए ।
त्यस क्रममा भएका संवादहरुले सिंगै मधेशी समुदायको अपमान र बेइज्जति गरेको भनेर प्रदेश २ को महान्यायधिवक्ता कार्यालयले संघीय सरकारलाई पत्र पठाएको थियो । कृषि टिभीकी कार्यकारी निर्देशक लक्ष्मी चौधरीले विवाद उत्पन्न भएपछि यो कार्यक्रमको प्रशारण बन्द गरिएको जानकारी दिइन् ।
यस कार्यक्रमका विषयमा प्रेस काउन्सीलले कृषि टेलिभिजनलाई स्पष्टिकरण सोधेको छ । काउन्सिलले तीन दिनभित्र स्पष्टिकरण दिन भनेको हो ।
नेपालमा मधेशी समुदायलाई बेलाबेला अपमान गर्ने र पछि माफी माग्ने प्रवृत्ति नौलो होइन । अपमान गर्नेलाई कारवाही नगरिएसम्म यो प्रवृत्तिको अन्त्य नहुने भन्दै कार्यक्रम प्रस्तोता र टिभीलाई कारवाही हुनुपर्ने माग चौतर्फी उठिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…