चँगा उडाउँदै गर्दा छतबाट बालक खसे, घटनास्थलमै मृत्यू !
कृष्णाको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाउने तयारी
२०७७ बैशाख ५ शुक्रबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनको बेला आफ्नै घरको छाना (छत) बाट चँगा उडाइरहेको बेला खसेर एक बालकको मृत्यू भएको छ ।
धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठ्ठिपुर हडबारा टोलमा स्थानीय श्याम मण्डलको १२ वर्षीय छोरा कृष्णा मण्डलको घटनास्थलमै मृत्यू भएको हो ।
ईलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार माथि छतमा चँगा उडाउँदै गर्दा कृष्णाको चँगाको धागा भाँचिदा समात्न खोज्दा तल झरेको थियो ।
छतमा बसेर चँगा उडाइरहाँदा धागा कटेपछि लम्केर धागा समात्न खोज्दा टाउकोकै भर तल खसेपछि टाउको फयाँक्चर भएर घटनास्थलमै मृत्यू भएको हो ।
कृष्णाको शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाउने तयारी गरिएको ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी नीरिक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…