वीरगञ्जमा बिहान ७ बजेसम्म मात्र पसल खोल्न पाइने
यसअघि अत्यावश्यक वस्तुको पसल दिउँसोसम्म खोल्न दिने गरिएको थियो ।

२०७७ बैशाख ४ बिहीबार, बिहान ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगञ्ज । वीरगञ्जमा आज (बिहीबार) देखि अत्यावश्यक वस्तुका पसल बिहान ७ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।
खाद्यान्न, दूध, ग्यास, तरकारी आदिको पसल बिहान सबेरैदेखि ७ बजेसम्म मात्र खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले बुधबार सूचना जारी गर्दै औषधि पसल भने २४ सै घण्टा खोल्न सकिने जनाएको छ ।
अत्यावश्यक वस्तुको पसलबाहेक गल्ली, ठेलागाडा र चोकमा बिक्री गर्न नपाइने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएसँगै स्थानीय प्रशासनले लकडाउनमा कडाइ गरेको छ ।
यसअघि अत्यावश्यक वस्तुको पसल दिउँसोसम्म खोल्न दिने गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…