लकडाउन उल्लंघन गर्नेलाई अब २ घण्टा सडकमै उभ्याइने
न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ । अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई सडकमा उभ्याएर कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिनेछ । यसले नागरिक आफैं सचेत

२०७६ चैत १६ आइतबार, बिहान १०:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गर्ने सम्बन्धी नीति परिवर्तन गरेको छ ।
अबदेखि विनाकारण सडकमा निस्किए भेटिएकै स्थानमा दुई घन्टा उभ्याइने भएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई सडकमा उभ्याएर कोरोना भाइरसबारे सचेतनामूलक प्रशिक्षण दिनेछ ।
यसले नागरिक आफैं सचेत भएर लकडाउन उल्लंघन नगर्ने विश्वास लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले जनाए । सरकारले कोरोना (कोभिड(१९) रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको घोषणा गरेको छ ।
यसअघि लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…