मिर्चैयामा कोरोनाविरुद्ध विशेष सतर्कता, क्वारेन्टाइनका लागि २ होटल
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मिर्चैया नगरपालिकाले विशेष सतर्कता अपनाएको छ । नगरपालिकाको मंगलबार बसेको विशेष बैठकले कोरोनाविरुद्ध लड्न विभिन्न निर्णयहरु गरेको छ । कोरोनाको लक्षण देखिएका व्यक्तिको लागि मेडिकल टिमदेखि क्वारेन्टाइनसम

२०७६ चैत १२ बुधबार, बिहान ११:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि मिर्चैया नगरपालिकाले विशेष सतर्कता अपनाएको छ ।
नगरपालिकाको मंगलबार बसेको विशेष बैठकले कोरोनाविरुद्ध लड्न विभिन्न निर्णयहरु गरेको छ । कोरोनाको लक्षण देखिएका व्यक्तिको लागि मेडिकल टिमदेखि क्वारेन्टाइनसम्मको व्यवस्था नगरपालिकाले मिलाएको छ ।
नगरभित्र कुनै नागरिकमा त्यस्तो लक्षण देखिए मेडिकल टिम पठाएर स्वास्थ्य जाँच गरिने तथा क्वारेन्टाइनमा राख्नुपरे क्वारेन्टाइनमा राखिने मिर्चैयाका मेयर श्रवण यादवले जानकारी दिए । क्वारेन्टाइनका लागि मिर्चैयाको होटेल होलिडे र मारुती होटेलले निःशुल्क भवन उपलब्ध गराएका हुन् ।
नगरपालिकाले शंकास्पद व्यक्तिको आवतजावतको लागि एम्बुलेन्सको व्यवस्था पनि गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…